ग्याँस सिलिण्डर विस्फोट : एक नेपालीसहित ५ जनाको मृत्यु


संयुक्त अरब इमिरेट्स (यूएई)को आबुधावीमा ग्याँस सिलिण्डर विस्फोट हुँदा एक नेपालीसहित ५ जनाको मृत्यु भएको छ ।

बुधावीको एयरपोर्ट रोडमा रहेको केएफसी रेष्टुरेन्टमा ग्याँस लिक भएर सिलिण्डर विस्फोट भएको हो । विस्फोटमा परी त्यहाँ कार्यरत घैरुङ ५ गोर्खाका सरन कुँवरको पनि मृत्यु भएको बताइएको छ ।

भदौ १५ गते स्थानीय समय अनुसार बिहान साढे ९ बजे भएको घटनामा परि एक नेपाली सहित अन्य पाँच जनाको मृत्यु भएको कम्पनीले जनाएको छ । विस्फोटमा परी एक जना नेपाली भाषी भारतीय, दुई जना फिलिपिनो र एक जना श्रिलंन नागरिकको पनि मृत्यु भएको सम्बन्धित देशका दूतावासहरुले प्रेसनोट मार्फत जानकारी दिएका छन् ।

घटनामा ज्यान गुमाएका नेपालीको शव दुर्घटना भएको तीन दिनपछि मात्रै रेस्टुरेन्टको बेसमेन्टमा पुरिएको अवस्थामा भेटिएको थियो । घटनाबारे अनुसन्धान चलिरहेकाले कानुनी प्रकृया पूरा गरेर मृतकको शव नेपाल पठाउन यूएइस्थित नेपाली दूतावासले जनाएको छ ।

प्रकाशित : २०७७ भाद्र २७, शनिबार १५:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ