भारतीय गृहमन्त्री शाह फेरि अस्पताल भर्ना


एजेन्सी : भारतका गृहमन्त्री अमित शाह फेरी अस्पताल भर्ना भएका छन् । शनिवार राती नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उनी भर्ना भएका हुन् ।

कोभिड १९ संक्रमणमुक्त भएका उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि गृहमन्त्री शाह फेरी अस्पताल भर्ना भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ । चिकित्सकहरुले उनलाई केही समय अस्पतालमै बस्न सुझाव दिएका छन् ।

अगस्ट महिनामा उनी कोरोना संक्रमित भएका थिए । मेदान्ता अस्पतालमा उपचारपछि दुई सातामा उनको रिपोर्ट नेगेटिभ आएको थियो । केही दिनपछि उनको स्वास्थ्यमा पुनः समस्या देखिएपछि एम्समा भर्ना भएको र १२ दिनपछि डिस्चार्ज भएको थियो ।

प्रकाशित : २०७७ भाद्र २८, आईतवार १०:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ