हत्या आरोपी रेस्लर नाविदलाई झुण्ड्याएर मृत्युदण्ड


इरानले हत्या आरोपमा २७ वर्षीय रेस्लर नाविद अफ्कारीलाई झुण्ड्याएर मृत्युदण्ड दिएको छ ।

अन्तर्राष्ट्रिय रुपमा फासी नदिनका लागि अपिल भएपनि इरानले रेस्लर नाविदलाई मृत्युदण्ड दिएको हो । उनलाई सन् २०१८ मा भएको सरकारविरोधी प्रदर्शनको क्रममा सुरक्षा गार्डको हत्यामा दोषी ठहर गरी इरानले मृत्युदण्ड दिएको छ ।

नाविदले नगरेको अपराध कबुल गराउन गम्भीर यातना दिइएको बताएका थिए । उनलाई मृत्युदण्ड दिएपछि मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेशनलले न्यायको गलत व्याख्या र न्यायको हत्याका रुपमा परिभाषित गरेको छ ।

चुहावट भएको सन्देशमा नाविदले भनेका छन्, ‘यदी मलाई फासी दिइयो भने तपाईँहरुले यो बुझ्नु कि एक निर्दोष व्यक्तिले उसको बलबुताले भ्याएसम्म प्रयास गर्दा पनि ज्यान जोगाउन सकेन र फासी पाउन बाध्य भयो ।’

इरानको कानूनले फासीअघि आफन्तसँग भेट गर्न पाउने व्यवस्था गरेको छ । यद्दपी फासीअघि परिवारका सदस्यलाई भेट गर्न पनि नदिइएको नाविदका वकिलले बताएका छन् ।

प्रकाशित : २०७७ भाद्र २८, आईतवार ११:२२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ