भारतका पूर्व केन्द्रीय मन्त्री रघुवंशप्रसाद सिंहको निधन


भारतका पूर्व केन्द्रीय मन्त्री रघुवंशप्रसाद सिंहको निधन भएको छ । नयाँ दिल्लीस्थित एम्स अस्पतालमा ७४ वर्षको उमेरमा उनको आज निधन भएको हो ।

राष्ट्रिय जनता दलका वरिष्ठ नेता समेत रहेका सिंहले दुई दिनअघि चिट्ठी लेखेर लालुप्रसाद यादवलाई पार्टीबाट आफ्नो राजीनामा पत्र पठाएका थिए । तर लालुप्रसादले त्यसको जवाफमा चिट्ठी लेखेर आरजेडीबाट बाहिर नजाने आग्रह गरेका थिए ।

गएको शुक्रबार राति उनको स्वास्थ्यमा समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका थिए । उनको भेन्टिलेटरमा उपचार भइरहेको थियो ।

लालुयादवले ट्वीट गरेर श्रद्धाञ्जली व्यक्त गरेका छन् । यस्तै आरजेडीका नेता तथा लालुप्रसादका कान्छो छोरा तजस्वी यादवले पनि ट्वीट गरेर श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

प्रकाशित : २०७७ भाद्र २८, आईतवार १३:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ