कोरोनाबाट भारतका पूर्वमन्त्री राठियाको निधन


एजेन्सी : भारतमा कोरोना भाइरसबाट पूर्वमन्त्री चनेश राम राठियाको निधन भएको छ । आइतबार राति अबेर ७८ वर्षको उमेरमा उनको निधन भएको हो ।

फोर्टिस अस्पतालमा उपचारको क्रममा निधन भएका उनको सोमबार बिहान स्वास्थ्य विभागका टोलीले अन्तिम संस्कार गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छ । राठिया अविभाजित छत्तीसगढ र मध्यप्रदेशको सरकारको मन्त्री बनेका थिए । मध्य प्रदेशका मुख्यमन्त्री दिग्विजय सिंहको पालामा पनि उनी मन्त्री बनेका थिए ।

पछि त्यहीँ छत्तीसगढ बनेपछि उनी त्यहीँको खाद्य तथा संस्कृति मन्त्री बनेका थिए । प्राथमिक विद्यालयका शिक्षक राठिया १९७२ को निर्दलीय चुनावबाट राजनीतिमा उदाए । पछि १९७७ मा कांग्रेसबाट टिकट पाएर उनले विधानसभा चुनाव जितेका थिए ।

भारतीय सञ्चारमाध्यमका अनुसार राठिया सन् १९७७ देखि देखि २००३ सम्म लगातार ६ पटक रायगड जिल्लाको धरमजयगढ क्षेत्रका विधायक थिए । उनका जेठा छोरा लालजित सिंह राठिया अहिले धरमजईगढ क्षेत्रबाट विधायक छन् ।

प्रकाशित : २०७७ भाद्र ३०, मंगलवार ०९:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ