सलमान खानलाई अदालतमा हाजिर हुन आदेश, यस्तो छ कारण


एजेन्सी : बलिउड अभिनेता सलमान खानलाई  अदालतमा उपस्थित हुन वकिलले आदेश दिएको छ ।

राजस्थानको जोधपुर जिल्लाको अदालतले
हरिण शिकार गरेको मुद्दामा सलमानलाई २८ सेप्टेम्बरमा अदालतमा पेश हुन आदेश दिएको हो । सलमानको याचिकामा कालो हरिण शिकार प्रकरण र राज्य सरकारको याचिकामा हातहतियार सम्बन्धि मुद्दाको सुनुवाई पूरा हुन नसकेपछि सलमानलाई अर्को सुनुवाईमा अदालतमा आफैं पेश हुन आदेश दिइएको भारतीय संचारमाध्यमले जनाएको छ ।

सन् १९९८ अक्टोबरमा जोधपुरमा फिल्म ‘हम साथ–साथ हे’को सुटिङको क्रममा सलमान खानमाथि जोधपुर नजिकैको कांकाणी गाउँमा २ कालो हरिणको शिकार गरेको आरोप लागेको थियो । यो मामिलामा लामो कानूनी प्रक्रियापछि अदालतले सलमानलाई दोषी ठहर गरे । र पाँच वर्षको सजाय सुनाएको थियो ।

यद्यपि, उक्त मुद्दाका अर्का आरोपी सैफ अली खान, निलम, तब्बू र सोनाली बेन्द्रेलाई भने छुट दिइएको थियो । सजाय सुनाइएपछि सलमानलाई जेल पठाइएको थियो ।

हाल उनी जमानतमा जेल बाहिर छन् । सलमानले ट्रायल कोर्टको यो निर्णयलाई चुनौती दिएका छन् ।

प्रकाशित : २०७७ भाद्र ३०, मंगलवार २१:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ