बलात्कारीलाई झुन्ड्याउनुपर्छ वा अण्डकोष निकाल्नुपर्छ : इमरान खान


इस्लामावाद : पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बलात्कारीलाई सार्वजनिक स्थलमा झुण्ड्याउने वा रसायन प्रयोग गरेर अण्डकोष झिक्‍नुपर्ने बताएका छन् ।

प्रधानमन्त्री खानले एक टिभीको अन्तर्वार्तामा
बढ्दो यौनहिंसा रोक्‍नका लागि बलात्कारीलाई यस्तो सजाय दिनुपर्ने बताएका हुन् । उनले सामुहिक बलात्कार बढ्दै गएकोमा चिन्ता ब्यक्त गरे ।

उनले ‘मोटरवे ग्याङ रेप’ले सिंगो मुलुकलाई नै त्रसित बनाएको बताए । उनले भने, ‘प्रहरीले सार्वजनिक गरेको बलात्कारका उजुरीले म ‘स्तब्ध’ भएको छु । बलात्कार गर्नेहरुलाई सार्वजनिक चोकमा झुण्ड्याउनुपर्छ र यस्तो अपराध गर्ने मानिसलाई के कारबाही हुन्छ भन्‍ने कुरा सबैलाई सार्वजनिक रुपमा नै देखाउनुपर्छ ।’

पाकिस्तानमा गत हप्ता पञ्‍जाब प्रान्तको लाहोर सहरनजिकै आफ्नो कारमा रहेकी ती महिलालाई जबर्जस्ती कार रोकेर उनको कार समेत तोडफोड गर्नुका साथै बलात्कार गरिएको घटना सार्वजनिक भएको थियो ।

उक्त घटनामा संलग्‍न भएको आशंकामा लाहोर प्रहरीले दुई जनालाई पक्राउ गरेको पाकिस्तानी मिडियाले जनाएको छ ।

प्रकाशित : २०७७ भाद्र ३०, मंगलवार २२:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ