बिल गेट्सका पिताको निधन, प्रसिद्ध वकिल थिए


एजेन्सी : माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सका पिता विलियम हेनरी गेट्स द्धितीयको निधन भएको छ । उनी अल्जाइमरको विरामी थिए ।

हुड क्यानलस्थित निवासमा सोमबार उनको ९४ वर्षको उमेरमा निधन भएको हो । विल गेट्सको पारिवारिक स्रोतले उनको सोमबार निधन भएको जानकारी मंगलबार गराएको हो ।

उनको निधनपछि विल गेट्सले आफ्ना पिता आफ्नो जीवनका वास्तविक ‘हिरो’ भएको बताए । उनको प्रेरणाका कारण आफू परोपकारी कार्यमा लागेको विल गेट्सको भनाई छ ।

बिल एण्ड मालिन्डा गेट्स फाउन्डेसनको स्थापनामा उनको ठूलो योगदान र प्रेरणा रहेको बिल गेट्सले बताएका छन् । विलियम हेनरी गेट्स द्धितीय अमेरिकाको एक प्रसिद्ध वकिल पनि थिए ।

प्रकाशित : २०७७ भाद्र ३१, बुधबार १२:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ