भारतमा कोरोनाबाट एकैदिन ११ सय ३२ जनाको ज्यान गयो


छिमेकी मुलुक भारतमा कोरोना भाईरसको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ । पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ११ सय ३२ जनाको ज्यान गएको हो ।

भारतीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८३ हजार १९८ पुगेको छ । पछिल्लो २४ घण्टामै ९७ हजार ८९४ जनामा संक्रमित पुष्टि भएको छ ।

भारतमा हालसम्म कोरोना संक्रमितको संख्या ५१ लाख १८ हजार २५४ पुगेको छ । भारत अहिले धेरै संक्रमित हुने देशको सुचीमा अमेरिकापछि दोस्रो स्थानमा रहेको छ ।

भारतमा ४० लाख २५ हजार ८० जना कोरोनामुक्त भएका छन् । भारतमा अहिलेसम्म कुल ६ करोड ५ लाख ६५ हजार ७२८ नमुना परिक्षण गरिएको छ ।

प्रकाशित : २०७७ आश्विन १, बिहीबार १२:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ