कोरोनाविरुद्धको खोप लगाउने यी हुन् पहिलो नेपाली


काठमाडौं : रुसमा रहेका एक जना नेपालीले कोरोना भाइरसविरुद्धको खोप लिएका छन् ।

मस्कोमा कार्यरत ६१ वर्षीय डा. महेश श्रेष्ठले शनिबार कोराना भाइरसविरुद्धको खोप लिएका हुन् । पुर्खौली घर सल्यान भएका श्रेष्ठले कोरोना भाइरसविरुद्धको खोज लिएको गैरआवासीय नेपाली संघ ९एनआरएनए०का उपाध्यक्ष बद्री केसीले जानकारी दिए ।

सामाजिक सञ्जाल फेसबुकमार्फत केसीले भनेका छन्, ‘रसियन सरकारद्धारा पहिलो चरणमा ३० हजार मानिसलाई खोप दिने मध्येका एक हुन् श्रेष्ठ ।’ श्रेष्ठ लक्की ड्र मार्फत छानिएका हुन् ।

श्रेष्ठलाई कोरोना भ्याक्सिन दिन भन्दा पहिला उनको सम्पूर्ण स्वास्थ्य परीक्षण गरिएको थियो । कोरोना भाइरसविरुद्ध पहिलो भ्याक्सिन लिएकोमा उपाध्यक्ष केसीले खुशी व्यक्त गर्दै श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य रहेको बताए ।

प्रकाशित : २०७७ आश्विन ४, आईतवार ०८:२०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ