साउदी अरबले लगायो भारत, ब्राजिल र अर्जेन्टिनामाथि यात्रा प्रतिबन्ध


साउदी अरबले भारत, ब्राजिल र अर्जेन्टिनामाथि यात्रा प्रतिबन्द लगाएको छ । कोरोना संक्रमणको कारण देखाउँदै साउदी अरबले यात्रा प्रतिबन्धको घोषणा गरेको हो ।

अब भारत, ब्राजिल र अर्जेन्टिनाका नागरिक साउदी अरब जान पाइने छैन । साउदी अरबले आफ्ना नागरिकलाई पनि भारत, ब्राजिल र अर्जेन्टिना जान नदिने बताएको छ । सो देश जान नदिन साउदी अबले उडान पनि बन्द गरेको छ ।

यात्रा प्रतिबन्धमा साउदी अरबले सरकारी कामकाज र यसका लागि गरिने आमन्त्रणहरुलार्इ समावेश गरेका छैन । पछिल्लो समयमा भारत, अर्जेन्टिना र ब्राजिलमा कोरोना संक्रमित बढ्दै गएपछि साउदी अरबले यात्रा प्रतिबन्धको घोषणा बुधबारदेखि लागू गरिएको छ ।

साउदी अरबमा तीन लाख भन्दा बढी कोरोना संक्रमितहरु रहेका बताइएको छ । अझै कोरोना संक्रमित भेटिने क्रम रोकिएको छैन ।

प्रकाशित : २०७७ आश्विन ८, बिहीबार ०९:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ