दिल्लीका उप-मुख्यमन्त्री मनीषमा कोरोनासंगै डेंगु पनि


कोरोना भाइरस संक्रमणको उपचार गराइरहेका भारत दिल्लीको उप-मुख्यमन्त्री मनीष सिसोदियालाई डेंगु पनि भएको छ ।

सेप्टेम्बर १४ मा कोरोना संक्रमण पुष्टि भएका सिसोदिया घरमै आइसोलेशनमा बसेका थिए । आइसोलेनमै खोकी बढेको र अक्सिजन घटेर श्वासप्रश्वासमा समस्या भएपछि बुधबार अस्पताल भर्ना भएको उनले ट्वीटमार्फत् जानकारी दिए ।

लगातार लागेको खोकी नरोकिएपछि परीक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ आएको उनले ट्वीटमा लेखेका छन् । उनले अहिले भने स्वास्थ्यमा कुनै समस्या नभएको जानकारी दिएका गराए हुन् ।

‘हल्का खोकी लागेपछि कोरोना परीक्षण गरेको थिएँ । त्यसको रिपोर्ट पोजेटिभ आयो । मैले आफूलाई एकान्तबासमा राखेको छु’, उनले भनेका छन्, ‘अहिले ज्वरो वा अरु कुनै समस्या छैन । म पुरै तरिकाले ठिक छु । तपाई सबैको आशीर्वादले छिट्टै पूर्ण स्वस्थ भएर काममा फर्कनेछु ।’

बिहिबार आम आदमी पार्टीले आफ्नो ट्वीटर एकाउन्टबाट एउटा भिडियो रिट्वीट गरेको छ । जसमा सियोदिया अस्पताल र कर्मचारीको तारिफ गरिरहेको अवस्थामा देखिन्छ ।

प्रकाशित : २०७७ आश्विन ९, शुक्रबार ०७:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ