लालुप्रसाद यादवले ट्वीटबाट गरे आह्वान- उठ बिहारी, तयारी गर


एजेन्सी : भारतको बिहारमा विधानसभा चुनावको मिति घोषणा भएको छ । शुक्रबार विहारको निर्वाचन आयोगले पत्रकार सम्मेलन गरी चुनावी मिति घोषणा गरेको हो ।

कोरोना भाइरस संकटकै समयमा भारतमा हुन लागेको यो पहिलो ठुलो निर्वाचन पनि हो ।  आयोगको घोषणाअनुसार बिहारमा तीन चरणमा मतदान हुनेछ । नतिजा भने नोभेम्बर १० मा घोषणा गरिनेछ।

पहिलो चरणको मतदान अक्टोबर २८ मा हुने बताइएको छ । जबकि दोस्रो चरणको नोभेम्बर ३ र नोभेम्बर ७ मा तेस्रो चरणको मतदान हुनेछ ।

निर्वाचन घोषणा भएपछि बिहारका पूर्व मुख्यमन्त्री लालू प्रसाद यादवले एक ट्वीटमार्फत  सम्पूर्ण बिहारीलाई फेरि एकपटक उठ्न आह्वान गरेका छन् । उनले लेखेका छन्, ‘बिहारी उठ, तयारी गर । यो जनताले शासन गर्ने समय हो ।’

उनले थप लेखेका छन्, ‘बिहारमा परिवर्तन हुन्छ । अधिकारी नियम अन्त्य हुनेछ । अब जनताले शासन गर्नेछन् ।’

यसअघि बिहारका पूर्व उप-मुख्यमन्त्री एबम् लालूप्रसाद यादवका छोरा तेजस्वी यादवले चुनाव घोषणा भएपछि टिप्पणी गर्दै भनेका थिए कि यसपटक हाम्रो जीत निश्चित छ ।

मुख्यमन्त्रीलाई हमला गर्दै तेजस्वीले भनेका थिए, ‘नितिशकुमार भ्रष्टाचारका भीष्म पितामह हुन् । जनताले जनादेशको अपमानको बदला लिनेछन् ।’

प्रकाशित : २०७७ आश्विन १०, शनिबार ०७:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ