बलिउडका तीन अभिनेत्रीसँग सोधपुछ, रुन थालिन् दीपिका पादुकोण


भारतको नार्कोटिक्स कन्ट्रोल व्यूरोले बलिउडका तीन अभिनेत्रीको बयान शनिबार लिएको छ । ड्रग्स सेवनको मुद्दामा अभिनेत्री दीपिका पादुकोण, सारा अलि खान र श्रद्धा कपूरको बयान लिएको हो ।

ड्रग्स मुद्दामा जोडिएकी अर्की अभिनेत्री रकुलप्रितको बयान शुक्रबार नै लिइसकिएको छ । बलिउडमा भएको ड्रग्स नेक्ससको बारेमा भइरहेको अनुसन्धानका क्रममा यी अभिनेत्रीहरुको बयान लिइएको नार्कोटिक्स कन्ट्रोल व्यूरोले जनाएको छ ।

स्वर्गीय अभिनेता सुशान्त सिंह राजपूतको मृत्युको कारण खोज्ने क्रममा ड्रग्सको विषय आइपुगेको छ । उनको मृत्युको कारण अनुसन्धान गर्ने क्रममा सुशान्तकी प्रेमिका रिया चक्रवर्तीको बयान लिदा अन्य बलिउड कलकारको नाम पनि जोडिएको छ ।

बयानका क्रममा अभिनेत्री सारा अलि खान र दीपिका पादुकोणले आफूले ड्रग्सको अर्डर गरेको स्वीकार गरे । तर प्रयोग नगरेको दावी पनि गरेको बताइएको छ । दीपिका पादुकोणले ड्रग्स अर्डर गरेको च्याट र साराले सुशान्तसँग ड्रग्स प्रयोग गरेको भिडियो सार्वजनिक भएको थियो ।

यस्तै एनसिबीले गरेको अनुसन्धानका क्रममा अभिनेत्री दीपिका पादुकोण धेरै पल्ट रोएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

प्रकाशित : २०७७ आश्विन ११, आईतवार १६:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ