कुवेतका राजा अल–अहमदको ९१ वर्षको उमेरमा निधन


कुवेतका राजा शेख सबाह अल–अहमद अल–सबाहको ९१ वर्षको उमेरमा निधन भएको छ ।

अल–अहमद गएको जुलाईमा उपचारका लागि अमेरिका पुगेका थिए । सन् २००६ देखि उनले शासन गर्दै आएका थिए । त्यसअघि उनले ५० वर्षभन्दा बढी देशको परराष्ट्र नीतिको नेतृत्व सम्हालेका थिए ।

शेखको निधन लगत्तै मन्त्रीपरिषदले उनका सौतेनी भाइ क्राउन प्रिन्स शेख नवाफ अल–अहमदलाई उत्तराधिकारीका रुपमा घोषणा गरेको छ । उनी ८३ वर्षका हुन् ।

कुवेत तेलको धनी खाडी राष्ट्र हो ।

प्रकाशित : २०७७ आश्विन १४, बुधबार ०७:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ