अमेरिकी राष्ट्रपति ट्रम्प पनि क्वारेन्टिनमा बसे


एजेन्सी : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प पनि क्वारेन्टिनमा बसेका छन् । आफ्ना नजिककी सहयोगीमा कोरोना संक्रमण पुष्टि भएसंगै ट्रम्प क्वारेन्टिनमा बसेका हुन् ।

सहयोगी होप हिक्समा कोरोना पोजेटिभ भएपछि ट्रम्प दम्पत्ति क्वारेन्टिनमा बसेको ट्रम्पले ट्विटर मार्फत जानकारी गराएको बीबीसीले जनाएको छ । ट्रम्पले आफू र प्रथम महिलाले पनि कोरोनाको परीक्षण गराइ नतिजा कुरिरहेको बताएका छन् ।

पछिल्लो समय चुनावी प्रचार प्रसारका क्रममा ट्रम्प र होप टेलिभिजन डिबेटका लागिसँगै एयर फोर्स वनबाट यात्रा गरेर ओहायो पुगेको थियो ।

हिक्स गत मंगलबार राष्ट्रपतिको प्लेनबाट विना मास्क ओर्लिएको तस्बीर समेत सार्वजनिक भएको थियो ।

प्रकाशित : २०७७ आश्विन १६, शुक्रबार १०:३६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ