रामकुमारी झाँक्रीलाई पक्राउ गर्न पुगेका यि प्रहरी कुटिए


काठमाडौं : नेकपा दाहाल-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न गएका अपराध महाशाखाका प्रहरीमाथि कुटपिट भएको छ ।

रामकुमारीको शंखमुलस्थित घरमा सादा पोसाकमा पुगेका प्रहरीमाथि उनका समर्थकले आक्रमण गरेका हुन् । महाशाखाका अनुसार प्रहरी निरीक्षक दिनेश गौतममाथि कुटपिट गएको हो । गौतममाथि रामकुमारीको घरमा जम्मा भएको भिडले मुक्का हानेको हो ।

मुक्का लागेर गौतमको नाक र अनुहारमा चोट लागेको छ । प्रहरीमाथि कुटपिट भएपछि अहिले रामकुमारीको घर क्षेत्रमा ठूलो संख्यामा प्रहरी बल तैनाथ गरिएको छ । त्यहाँ अहिले रामकुमारीको समर्थनमा चर्को नाराबाजी भइरहेको छ ।

नाराबाजीमा संलग्नले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध नारा लगाएका छन् ।

फरकधार

प्रकाशित : २०७७ माघ २९, बिहीबार १२:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ