विनाशर्त रामकुमारीलाई रिहा गर्न प्रचण्ड-माधव पक्षको माग


काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड-माधव पक्ष) ले नेता रामकुमारी झाँक्रीलाई विनाशर्त रिहा गर्न माग गरेको छ ।

झाँक्रीको पक्राउलाई लिएर नेपाल प्रेससँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले यो अभिव्यक्ति स्वतन्त्रतामाथि आक्रमण गर्ने र नियन्त्रण गर्ने प्रयत्न भएको टिप्पणी गरे । ‘यो अभिव्यक्ति स्वतन्त्रतामाथि आक्रमण गर्ने र त्यसलाई नियन्त्रण गर्ने सर्वसत्तावादी प्रयत्न हो’ श्रेष्ठले भने, ‘हामी यो गिरफ्तारीको भर्त्सना गर्दछौं र विनाशर्त रिहा गर्न माग गर्छौं ।’

केन्द्रीय संघर्ष समितिका संयोजकसमेत रहेका श्रेष्ठले पक्राउको विषयलाई लिएर आफूहरूको बैठक बसेको बताए । ‘हामीले यसलाई त्यतिकै हेरेर चाहिं बस्दैनौं’ उनको भनाइ छ, ‘ यही विषयमा केन्द्रीय संघर्ष समितिको कार्यालय बैठक भयो । हामीले वक्तव्य जारी गर्ने निर्णय गरिसकेका छौं । अब के गर्नुपर्छ हामी सल्लाह गर्छौं।’

प्रकाशित : २०७७ माघ २९, बिहीबार १४:४४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ