सिरहामा नेकपा परित्याग गरी सयौं नेता कार्यकर्ता जसपामा प्रवेश


सिरहा : सिरहाको धनगढीमाई नगरपालिकामा आयोजित एक समारोहबीच नेकपा परित्याग गरी सयौं नेता कार्यकर्ता जनता समाजवादी पार्टी (जसपा)मा प्रवेश गरेका छन् ।

जसपा नेता एवं  प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री  विजय कुमार यादवले नेकपा परित्याग गरेका नेता कार्यकर्तालाई पार्टीमा प्रवेश गराएका हुन् । पार्टी प्रवेश गर्नेहरुमा महेन्द्र तामाङ, तोप बहादुर कार्की, शैलेन्द्र पुलामी, गिताराज डोटेल, कुसुम वान्तवा लगायतका छन् ।

पार्टी प्रवेश कार्यक्रममा जसपाका केन्द्रीय नेता तथा पूर्व राज्यमंत्री शत्रुधन सिंह र स्थानीय नेताहरु सहभागी थिए ।

प्रकाशित : २०७७ फाल्गुन ७, शुक्रबार ०८:३७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ