उपेक्षामा प्रदेश २ कै उत्कृष्ट पर्यटकीय स्थल ‘नाढी ताल’


सर्लाही : सर्लाहीको चन्द्रनगर गाउँपालिका स्थित नाढ़ी ताल प्रदेश नम्बर–२ कै नमुना पर्यटकीय स्थल हो । तर पछिल्लो समय भने पर्यटकको आवागमनमा कमि आएसँगै यस क्षेत्रमा व्यवसायी चिन्तित बनेका छन् ।

सर्लाहीको चन्द्रनगर गाउँपालिकास्थित नाढ़ी तालको यो मनमोहक दृश्यले जोकोहीलाई मोहित पार्छ । एक वर्षअघिसम्म आन्तरिक तथा बाह्य पर्यटकले खचाखच भरिभराउ रहने यो ताल क्षेत्र अहिले सुनसान देखिन्छ ।

नाढ़ी ताल पुग्ने सडक जीर्ण रहेकाले आन्तरिक पर्यटकको संख्या न्युन भएको हो । यस्तै कोरोना भाइरस संक्रमणको त्रासका कारण भारतसँगको सीमा बन्द रहँदा बाह्य पर्यटकको आगमन रोकिएको छ ।

पर्यटकको संख्या न्युन हुँदा यहाँका होटल–लजहरू पनि सुनसान बनेका छन् । पर्यटकको आवागमनमा कमी भएसँगै बजार क्षेत्रका होटल व्यवसायी मर्कामा परेका हुन् ।

नाढीमन तालको छेउमा रहेको महादेव मन्दिरका कारण पनि यो एउटा पर्यकटीय मात्र नभई धार्मिक र ऐतिहासिक स्थलको रूपमा परिचित छ । तर सरकारको ध्यान नपुग्दा अहिले यो क्षेत्र रौनकहीन बनेको छ ।

प्रदेश २ कै उत्कृष्ट पर्यटकीयस्थल बन्नसक्ने सम्भावना रहेको नाढ़ी ताल क्षेत्रको विकास र प्रचार–प्रसारमा विशेषगरी स्थानीय सरकारले पहल गर्न आवश्यक छ ।

प्रकाशित : २०७७ चैत्र १३, शुक्रबार ०८:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ