लहान मालपोतमा बम विस्फोट गराउने दुई युवक पेस्तोलसहित पक्राउ


जनकपुरधाम : सिराहाको लहानस्थित मालपोत कार्यालयमा बम विस्फोट गराएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

घटनाको १७ दिनपछि प्रहरीले सिराहाको सुखीपुर नगरपालिका–५ का २५ वर्षीय रामरिझन यादव र सिराहाकै लक्ष्मीपुर पतारी गाउँपालिका–३ का २६ वर्षीय अभिमन्यू गिरी पक्राउ गरेको प्रदेश २ प्रहरी कार्यालयले जनाएको छ ।

उनी दुवैजना बम विस्फोट गराएको स्वीकार गरेको प्रहरीको दावी छ । उनी दुवै जनालाई एक/एक थान पेस्तोल र दुई/दुई राउण्ड गोलीसहित सुखिपुर नगरपालिका ५ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मालपोत कार्यालयमा गत चैत १ गते बम विस्फोट हुँदा कर्मचारी र सेवाग्राही गरी आठ जना घाइते भएका थिए । उक्त घटनाको जिम्मेवारी तराई जनतान्त्रिक मुक्ति मोर्चा (गोइत) समूहले लिएको थियो ।

पक्राउ परेका दुवै जना यसअघि पनि आपराधिक काममा संलग्न भएको पाइएको प्रहरीले बताएको छ ।

प्रकाशित : २०७७ चैत्र १७, मंगलवार १८:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ