जनकपुरमा अब मास्क नलगाउनेलाई एकसय रुपैयाँ जरिवाना


जनकपुरधाम । कोरोना संक्रमण बढेपनि सर्वसधारणले मास्क प्रयोग नगर्ने गरेको पाइएपछि धनुषा प्रहरीले कारबाही अभियान थालेको छ ।

बिहीवार जनकपुरधामको विभिन्न चोकमा मास्क प्रयोग नगर्ने करिब ५ हजार मानिसलाई २ घण्टा होल्डिङ गरेको थियो । आजदेखि मास्क प्रयोग नगरेको पाइएका व्यक्तिलाई एक सय रुपैया जरिवाना गर्ने धनुषाका प्रहरी प्रवक्ता डिएसपी मकेन्द्र मिश्रले जानकारी दिए ।

जनकपुरमा पनि पछिल्लो समय कोरोना संक्रमण तीब्र गतिमा बढेकाले प्रशासनले मास्क अनिवार्य रुपमा प्रयोग गर्न सर्वसधारणलाई अनुरोध गरेको छ ।

प्रकाशित : २०७८ बैशाख १०, शुक्रबार ०८:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ