मुख्यमन्त्री राउतले युएन एजेन्सीहरुलाई भने- कोरोना नियन्त्रणमा सहयोग गर्नुस्


टुडेखोज, जनकपुरधाम : मुख्यमन्त्री लालबाबु राउतले कोरोना माहामारी नियन्त्रणका लागी आवश्यक सहयोग गर्न प्रदेशस्थित राष्ट्र संघीय निकाय (युएन एजेन्सी)हरुलाई अपील गरेका छन् ।प्रदेश नीति तथा योजना आयोगको संयोजनमा मुख्यमन्त्री निवास मधेश भवनमा सम्पन्न युएन एजेन्सीहरु संगको छलफलमा मुख्यमन्त्री राउतले महामारी नियन्त्रणका लागी अतिआवश्यक देखिएको भेन्टीलेटर, अक्सीजन ग्यासको आपूर्ति, औषधी, जनशक्ति र भ्याक्सीन उपलब्ध गराई दिन अपिल गरेका हुन् ।

युएन एजेन्सीजहरुले मुलुकलाई गर्दै आएको सहयोग प्रदेशमा खासै नपुगेको गुनासो गर्नु हुँदै मुख्यमन्त्री राउतले युएन एजेन्सीहरुबाट आउने सहयोग प्रदेश २ सम्म ल्याउनका लागि पहल गर्न समेत प्रदेश स्थित प्रतिनिधिहरुलाई आग्रह गरे । युएन एजेन्सीजहरुले हालसम्म माहामारी नियन्त्रणमा गर्दै आएको सहयोगको लागी धन्यवाद दिँदै मुख्यमन्त्री राउतले अगामी दिनमा समेत सहयोगको अपेक्षा समेत व्यक्त गरे ।

छलफलमा समाजिक विकास मन्त्री नवल किशोर साह, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा, युएनडिपीका धनबहादुर चन्द, युएनडीएसएसका जितेन्द्र जंग कार्की, डब्लुएचओका डा. सुरेशकुमार शुक्ला, आइओएमका पंकजलाल सिह, युनिसेफका अशोक कुमार झा र युएनएफपिएका नरेन्द्र मिश्रको सहभागिता रहेको थियो ।

प्रकाशित : २०७८ जेष्ठ ३, सोमबार १०:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ