सांसदलाई एसएमएस : प्रदेश २ को प्रदेशसभा बैठक स्थगित


जनकपुरधाम : प्रदेश २ को प्रदेशसभा बैठक स्थगित भएको छ ।आज दिउँसो १ बजे बोलाइएको बैठकमा अर्थमन्त्री विजयकुमार यादवले असार १ मा प्रस्तुत गरेको बजेटमाथि छलफलको कार्यसूची थियो ।

प्रदेशसभा सचिवालयका अनुसार बैठकको नयाँ मिति असार २३ गते दिउँसो १ बजे तय गरिएको छ । प्रदेशसभा सचिवालयले सांसदलाई मोबाइलमा सन्देश पठाएर बैठक स्थगित भएको जानकारी गराएको छ । बैठक स्थगितको कारण भने खुलाइएको छैन ।

प्रकाशित : २०७८ असार १५, मंगलवार १६:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ