ओली सरकारद्वारा फेरी विभिन्न निकायमा पदाधिकारी नियुक्त


काठमाडौं : सरकारले सार्वजनिक खरिद पुनरावलोकन समितिको अध्यक्षमा हिमकुमार ओझालाई नियुक्त गरेको छ ।मन्त्रिपरिषद्को पछिल्ला चार बैठकको निर्णय सार्वजनिक गर्दै प्रवक्ता एवम् संचारमन्त्री वसन्त नेम्वाङले सो जानकारी गराएका हुन् ।

जेठ ३१ गतेको बैठकको निर्णय अनुसार ओझा नियुक्त भएका हुन् । नेपाल इञ्जिनियरिङ परिषदको रजिष्ट्रारमा शिवमंगल गिरी नियुक्त भएका छन् । त्यस्तै शिक्षा मन्त्रालयको प्रस्तावमा नेपाल विश्वविद्यालय पूर्वाधार विकास समितिको अध्यक्ष डा. अर्जुन कार्की, डा. अमिना सिंह, डा. असिम ढकाल, डा. विपिनचन्द्र अधिकारी, दिनेश शाह, दोभान राई, संगिता कौशल मिश्र, डा. सूर्यराज आचार्य, डा. उत्तमबाबु श्रेष्ठ, श्रवणकुमार राणा नियुक्त भएका छन् ।

योगमाया आयुर्वदिक विश्वविद्यालयको पूर्वाधार निर्माण समिति सदस्यमा खड्कबहादुर राई र वंशीधर लामा नियुक्त भएका छन् । असार ७ गतेको बैठकले एसीयाली विकास बैंकको कार्यकारी निर्देशकको कार्यालय मनिलामा २ वर्षे कार्यकालका लागि नेपालले प्रतिनिधित्व गर्ने निर्देशकको सल्लाहकारमा श्रम मन्त्रालयका उपसचिव रमेश अर्याललाई मनोनयन गरी काजमा पठाउने पनि निर्णय गरेको छ ।

प्रकाशित : २०७८ असार १६, बुधबार १७:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ