काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको प्रमुख सचेतकमा प्रमोद शाह नियुक्त भएका छन् ।
पार्टीले उनलाई सोमबार दलको प्रमुख सचेतकमा नियुक्त गरेको हो । अध्यक्ष एवं दलका नेता उपेन्द्र यादवले साहलाई प्रमुख सचेतकमा नियुक्त गरिएको पत्र संसदीय सचिवालयमा पठाएका छन् ।
पार्टीको संसदीय दलको विधान २०७८ को धारा १३ (१) अनुसार सर्लाही क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य रहेका शाहलाई दलको प्रमुख सचेतकमा नियुक्त गरिएको पत्रमा उल्लेख गरिएको छ ।
साह मन्त्रीका आकांक्षी थिए । तर मन्त्रीको सूचीमा नपरेपछि आक्रोशित बनेका उनलाई पार्टीले प्रमुख सचेतकमा नियुक्त गरेको छ । उनी तत्कालिन राजपाबाट साँसदमा निर्वाचित भएका थिए ।