सांसदले भीडमा कुदाए गाडी, सात प्रहरीसहित २२ जना घाइते


एजेन्सी । भारतीय राज्य ओडिसामा एक जना सांसदले भीडमा गाडी कुदाउँदा सात प्रहरीसहित २२ जना घाइते भएका छन् । बिबिसी हिन्दीका अनुसार यो घटना शनिबारको हो ।

ओडिसाको सत्तारूढ पार्टी बिजु जनता दलका सांसद प्रशान्त जगदेवले बाणपुर भन्ने ठाउँमा एक स्थानीय चुनावका लागि जम्मा भएका मानि समाथि गाडी चलाएका हुन् । त्यहाँ उपस्थित प्रहरीले उनलाई गाडी रोक्न भनेका थिए तर उनले जबरजस्ती गाडी भीडमा चलाएपछि रोक्न खोज्ने प्रहरी पनि घाइते भएका छन् ।

भीडमाथि उनले चलाएको गाडी रूखमा ठोक्किएपछि रोकिएको थियो । आक्रोशित भीडले जगदेवमा कुट पिट गरेका छन् । उनको अहिले भुवनेश्वर अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

प्रत्यक्षदर्शीहरूले जगदेवले आफैं गाडी चलाएको र र क्सी खाएर आएको बताएका छन् । प्रहरीले उनीविरूद्ध ह त्या प्रयासको जाहेरी दर्ता भएको जनाएको छ । अस्पतालबाट निस्कनासाथ प्रहरीले उनीमाथि थप कारबाही गर्नेछ ।

विपक्षी दलहरूले सत्तारूढ पार्टीका सांसदको यो हर्कतको कडा निन्दा गरेका छन् । ती सांसदले यस्तो ह र्कत गरेको पहिलो पटक होइन । यसअघि सार्वजनिक कार्यक्रममा भारतीय जनता पार्टीका स्थानीय नेतालाई थप्पड हानेपछि उनी निलम्बनमा परेका थिए ।

प्रकाशित : २०७८ फाल्गुन २९, आईतवार १३:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ