Big News- राष्ट्रपति उम्मेदवारकै टाउकोमा अन्डा प्रहार


एजेन्सी । एक सेवा निवृत्त व्यक्तिले फ्रान्सको राष्ट्रपति पदका दक्षिणपन्थी उम्मेदवार इरिक जेमोरको टाउकोमा काँचो अण्डा फूटाएका छन् ।

७० वर्षीय पुरुषले मोइज्याकको दक्षिणी क्षेत्रमा जेमोरको टाउकोमा अण्डा प्रहार गरेको अभियोजनकर्ताको कार्यालयले जनाएको छ ।

अशक्त बालबालिकाको बारेमा जेमोरले गरेको टिप्पणीबाट आक्रोशित भएका उनले विरोधस्वरुप यो कदम उठाएका थिए । यी सेवा निवृत्त किसानको छोरा अटिजमबाट प्रभावित छन् ।

झन्डै २ महिना अगाडि जेमोरले विद्यालयमा समावेशीको प्रयासविरुद्ध बोल्दै अशक्त विद्यार्थीलाई छट्टै पढाउनु पर्ने बताएका थिए ।

सार्वजनिक अभियोजनकर्ताको कार्यालयले जेमोेरको टोलीले यो विषयमा प्रहरीलाई खबर गर्न नहुने बताएको छ । यद्यपि यी सेवा निवृत्तलाई केही सभ्य व्यवहारको बारेमा पढाउनुु पर्ने बताइएको छ ।

फ्रान्समा अप्रिल १० र २४ मा दुुई चरणको भोटिङमा नयाँ राष्ट्रपति चुुनिने छ । हालसम्मको सर्वेक्षणमा जेमोर १२.५ प्रतिशतसहित तेस्रो स्थानमा छन् ।

उनी इमानुुयल म्याक्रो र मारिन ली पेन भन्दा पछाडि छन् । उक्त सर्वेक्षणमा म्याक्रोले ३० प्रतिशत र ली पेनले १८ प्रतिशत मत प्राप्त गरेका छन् ।

प्रकाशित : २०७८ फाल्गुन २९, आईतवार १८:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ