अमेरिकी सेनाको विमान दुर्घटना, ४ जनाको मृत्यु


उत्तरी नर्वेमा चार जना सवार अमेरिकी सेनाको विमान दुर्घटनाग्रस्त भएको नर्वेली उद्धार केन्द्रले जनाएको छ ।

जहाजमा सवार सबै चार जनाको मृत्यु भएको स्थानीय प्रहरीले समाचार संस्था रोयर्टसले लेखेको छ । उत्तरी नर्वेको एक दुर्गम भागमा शुक्रबार नेटो नेतृत्वको सैन्य प्रशिक्षण अभ्यासको क्रममा सेनाको विमान दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको स्थानीय प्रहरीले शनिबार बताएको छ ।

‘प्रहरीलाई थाहाभएसम्म चारै जना अमेरिकी नागरिकताका हुन्,’ प्रहरीले अधिकारीले भने । प्रधानमन्त्री जोनास गाहर स्टोयरले ट्वीट गर्दै चार अमेरिकीको मृत्यु भएको बताएका छन् ।

‘नर्वेमा दुर्घटना भएको उक्त अमेरिकी सैन्य विमानको बारेमा संयुक्त राज्य अमेरिकालाई थाहा छ र हाल घटनाको मूल्यांकन गरिरहेको छ’, अमेरिकी मरीन कोर्प्सका प्रवक्ताले स्पुतनिकलाई भनेका छन् ।

यसअघि नर्वेली उद्धार केन्द्रले खोजी कार्य जारी रहेको बताएको थियो । अमेरिकी सेनाले नर्वेजियन अधिकारीहरूलाई खोज र उद्धार कार्यमा सहयोग गरिरहेको प्रवक्ताले बताए ।

अमेरिकी मरीन कोर्प्सका प्रतिनिधिले ओस्प्रे विमानले एक्सरसाइज कोल्ड रेस्पोन्स २०२२ नामक नाटो सैन्य अभ्यासमा भाग लिइरहेको पनि बताए ।

प्रकाशित : २०७८ चैत्र ५, शनिबार १५:१६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ