हेल्प मधेशी कतार च्याप्टरले यसरी मनाए होली उत्सव


राम एकवाल राम, दोहा कतार । हेल्प मधेशी कतार च्यापटरले नेपाली नयाँ वर्ष,फागु पुर्णिमा, रमजान लगाएतका चाडपर्वको उपलक्ष्यमा बृहत् वनभोज तथा रङ्ग अबिरको पर्व होलीको शुभकामना आदानप्रदान सहित सांस्कृतिक कार्यक्रम कतारको अल दोसरी पार्कमा सम्पन्न गरेको छ।

शुक्रबार हेल्प मधेशी कतार च्यापटरका अध्यक्ष रामकल्याण महतोको सभापतित्व तथा यादव सेवा समाजको अध्यक्ष भोगेन्द्र यादवको प्रमुख आतिथ्यता ,एव रामबाबू यादवको विशिष्ट आतिथ्यमा भएको सो कार्यक्रममा कतारमा स्थापित विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु, समाजसेवी, बुद्धिजिबी,मधेशी समाजिक अभियानता , कलाकार पत्रकार लगाएत सयौको संख्यामा बाक्लो उपस्थिति रहेको थियो ।

नेपालीहरुको विशेष चाडहरु,फागु पुर्णिमा ,नेपाली नयाँ वर्ष,इस्लामहरुको लगत्तै आउदै गरेको पबित्र महिना रमजान लगाएत नेपाली भाषा, संस्कार ,संस्कृती र मौलिक पहिचानलाई प्रबासमा रहेर पनि संरक्षण सम्बर्द्धन गर्दै लामो कोरोना कहरबाट आजित नेपाली समुदायलाई मनोरञ्जन दिलाउने उदेश्य अनुरुप वनभोज तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा आफ्नो शुभकामना राख्दै मधेशी समाजिक अभियानता एव नेपाली समाज कतारका इन्चार्ज मनिष यादवले कोरोनाको कहरबाट दुई वर्ष पछि हामी यसरी एक ठाँउमा भेला हुन पाउँदा धार्मिक सद्भाव कायम गरेर शान्ति पुर्ण तरिकाले होलि पर्व मनाउन आग्रह गर्दै सम्पूर्णमा उत्तरोत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गरेका थिए ।

एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तादा मुसलमान,मधेश प्रदेश सम्मबन्य परिसद कतारका प्रतिनिधि साकिर अलि सिरहा सेवा समिति कतारका अध्यक्ष प्रेम मंणडल, धनुषा सेवा समाज कतारका अध्यक्ष जमिर नदाफ महोतरि समाज सेवा कतारका अध्यक्ष इसिलाल पन्डित सर्लाही सेवा समाज कतारका अध्यक्ष लक्ष्मिनिया यूवा कल्ब सिरहाका अध्यक्ष बिरेन्दर मंणडल सिरहा सेवा समितिका अध्यक्ष जिबछ यादव धानुक सेवा समाज कतारका भुतपुर्व अध्यक्ष एवं सल्लाहकार संयोजक सुरेश मण्डल लगाएतका अतिथि वक्ताहरु रहेका थिए ।

त्यस्तै कार्यक्रममा बिरेन्दर महराजी मंनडली, रामकुमार मण्डल मिथला कला परिसद, अबुनखला मंनडली ओल्ड अल रयान मंडली, राम कुमार दास स्थानिय कलाकारहरुको जोडदार जोगिरा सहित होलिको गित प्रस्तुती समेत रहेको वनभोज तथा सांस्कृतिक कार्यक्रममा दर्जनौ कलाकारहरुका सांगेतिक कोशेली, नृत्य लगाएतका प्रस्तुति राखिएको थियो । जसबाट उपस्थित दर्शकहरु मनोरञ्जन लिदै खुशी ब्यक्त गरेका थिए ।

प्रकाशित : २०७८ चैत्र ५, शनिबार १७:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ