Breaking- कार दुर्घटनामा ७ जनाको मृत्यु


काठमाडौं । कार दुर्घटनामा कम्तीमा पनि सात जनाको ज्यान गएको छ ।

म्यानमारको पाथिन चागोथा भन्ने स्थानमा शनिबार भएको कार दुर्घटनामा परी सात जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन् । एक निजी कार सर्वाजनिक बससँग ठोक्किन पुगेको प्रहरीले जनाएको छ ।

बसको ठक्करबाट सो कारमा रहेका कम्तीमा सात जनाको ज्यान गएको र कारमा सवार रहेका सबै व्यक्तिहरु एकै परिवारका हुनसक्ने अनुमान गरिएको छ । तर प्रहरीले स्वतन्त्र पुष्टि गर्न भने बाँकी रहेको अस्पताल स्रोतले जनाएको छ ।

बसको ठक्करबाट घाइते भएका उनीहरुलाई अस्पताल पुर्याइएको भए पनि गम्भीर रुपमा घाइते भएका सबैको सो अस्पतालमा निधन भएको थियो । मृत्यु हुनेमा तीन जना महिला र दुई बालबालिका पनि रहेका छन् ।

दुर्घटनमा परी बसका केही व्यक्ति घाइते भएका र उनीहरुको उपचार जारी रहेको बताइएको छ ।

प्रकाशित : २०७८ चैत्र ६, आईतवार ११:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ