होली खेल्ने बहानामा घरमै बाँधेर जर्वजस्ती गरे, तर प्रहरीले लिएनन् उजुरी


११ कक्षामा अध्ययनरत एक नाबालिग छात्रासँग होली खेल्ने बहानामा जर्वजस्ती गरिएको घटना सार्वजनिक भएको छ ।

विद्यार्थीसँग होली खेल्ने बहानामा ५ जनाले ब लात्कार गरेको बताइएको छ । यो घटना भारतको गाजियाबादमा पर्ने साहिबाबाद क्षेत्रमा भएको हो । पीडित परिवारले एसएसपीको कार्यालय पुगेर उजुरी दिएपछि घटना बाहिरिएको छ ।

छात्रालाई पाँचजना युवाले आफ्नो घरमै बाँ धेर जर्वजस्ती गरेको आजतकले उल्लेख गरेको छ । पीडित परिवारले प्रहरीले घटनामा संलग्नहरुलाई हारबाही गर्न नचाहेको आरोप लगाएको छ । प्रहरीले उजुरी नलिएपछि एसएसपी कार्यालयमा आउन बाध्य भएको पीडितको भनाई छ ।

पीडित महिला साहिबाबाद क्षेत्रमा आफ्ना काका र काकीसँग बस्छिन् । उनका बाबुआमाको मृत्यु भइसकेको छ । घटनामा संलग्न युवकले उनलाई कुटपिट समेत गरेको थियो ।

प्रकाशित : २०७८ चैत्र ६, आईतवार १८:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ