Sad News: पेट्रोलको लाइनमा उभिँदाउभिँदै दुई जनाको मृत्यु


एजेन्सी । चरम आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा पेट्रोल र ग्याँसको लाइनमा उभिएका दुई जनाको मृत्यु भएको छ ।

समाचार संस्था एएफपीका अनुसार आइतबार राजधानी कोलोम्बोमा पेट्रोल किन्न लाइनमा उभिएका ७० वर्षीय वृद्धको मृत्यु भएको हो । लाइनमा उभिँदाउभिँदै बेहोस भएर लडेका उनको त्यहीँ प्राण गएको थियो ।

शनिबार क्यान्डी सहरका मट्टीतेल किन्न लाइनमा उभिएका अर्का ७१ वर्षीय वृद्धको पनि मृत्यु भएको थियो । पाँच घन्टा लाइनमा उभिएका उनी बेहोस भएर लडेपछि अस्पताल लगिएको थियो तर उनलाई डाक्टरले मृत घोषणा गरेका थिए ।

चर्को गर्मीमा घन्टौंसम्म लाइनमा बस्नुपर्दा श्रीलंकनले ज्यादै सास्ती भोग्नु परेको छ । श्रीलंकामा पेट्रोलियम पदार्थको मूल्य आकाशिएको छ ।

प्रकाशित : २०७८ चैत्र ७, सोमबार १२:२२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ