Breaking : चीनमा १३३ यात्रु बोकेको जहाज दुर्घटना, आगो लागेपछि…


काठमाडौं । दक्षिणी चीनमा १३३ यात्रु बोकेर उडेको एउटा विमान दुर्घटना भएको छ ।

चिनियाँ सञ्चारमाध्यमका अनुसार चाइना इस्टर्न एयरलाइन्सको विमान घरेलु उडानका क्रममा दुर्घटना भएको हो ।

ग्वान्झोउको कुन्मिङबाट उडेको विमान गुआङसी प्रान्तको पहाडमा खसेको सञ्चारमाध्यमले जनाएका छन् । उक्त विमान दक्षिणी चीनको युनान प्रान्तमा १:१५ मा र ग्वाङ्झाउमा ३:०७ मा अवतरण हुने तालिका थियो ।

अहिले दुर्घटनास्थलमा उद्दार टोली खटिएको छ । पहाडमा बिमान खसेपछि आगो लागेका तस्वीरहरु चिनीयाँ सञ्चारमाध्यमले सार्वजनिक गरेका छन् ।

हताहतिको विवरण आइसकेको छैन । के कारणले विमान दुर्घटना भयो भन्ने पनि आउन बाँकी छ ।

प्रकाशित : २०७८ चैत्र ७, सोमबार १६:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ