लालु यादवको स्वास्थ्य बिग्रियो, एयर एम्बुलेन्सबाट दिल्ली लगियो


बिहारका पूर्व मुख्यमन्त्री तथा राष्ट्रिय जनता दल (राजद)का प्रमुख लालुप्रसाद यादवको स्वास्थ्यमा फेरि समस्या देखिएको छ ।

स्वास्थ्य अवस्था बिग्रिएपछि चिकित्सकको सल्लाहमा उनलाई थप उपचारका लागि एयर एम्बुलेन्सबाट दिल्ली लैजाने तयारी गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनी हाल राँचीको राजेन्द्र इन्स्टिच्युट अफ मेडिकल साइन्सेज (रिम्स)मा उपचाररत छन् । रिम्सको मेडिकल बोर्डको बैठकपछि उनलाई थप उपचारका लागि दिल्लीस्थिति अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स) रिफर गरिएको हो ।

यसअघि फेब्रुअरी २१ मा उनलाई चारा घोटाला काण्डमा सीबीआइको विशेष अदालतले पाँच वर्षको कैद सजाय र ६० लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई कारागार प्रशासनले रिम्समा भर्ति गरेको थियो ।

प्रकाशित : २०७८ चैत्र ८, मंगलवार १५:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ