अमेरिकामा ट्याक्सी चलाउदै अफगानिस्तानका पूर्वअर्थमन्त्री


काठमाडौं । अफगानिस्तानका पूर्व अर्थमन्त्री अमेरिकामा अहिले ट्याक्सी चलाइरहेका छन् ।

द वासिंगटन पोस्टका अनुसार पूर्व अर्थमन्त्री खालिद पाएन्दा अमेरिकी सडकमा ट्याक्सी चलाइरहेका छन् ।

पाएन्दाले एक समय अफगानिस्तानमा अर्थमन्त्रीको रुपमा ६ बिलियन डलरको बजेट प्रस्तुत गर्थे तर उनी अहिले अमेरिकामा उबर क्याब चलाइरहेका छन् ।

वासिंगटन पोस्टसँग कुरा गर्दै उनले ६ घण्टा काम गर्दा करीब १५० डलर कमाइ भइरहेको बताएका हुन् । पाएन्दाले अफगानिस्तानको राजधानीमा तालिबानले कब्जाको एक हप्ता पहिला प्रधानमन्त्री अशरफ घानीसँग विग्रदो सम्बन्धका कारण पदबाट राजीनामा थिएका थिए ।

सरकारले पक्राउ गर्न सक्ने डरले उनी देश छाडेर परिवारका साथ अमिरिका गएका थिए । वासिंगटन पोस्टलाई दिएको अन्तर्वार्तामा उनले सम्झौता गर्न परे पनि परिवारको साथमा रहेको र काम गर्न पाएकोमा खुसी व्यक्त गरे ।

अफगानिस्तानको अहिले अवस्थामा आउनुमा अमेरिको दोषी भएको उनको भनाइ छ । अमेरिकाले सेना फिर्ता गर्का कारण तालिबानले देश कब्जा गरेको उनी बताउँछन् ।

प्रकाशित : २०७८ चैत्र ९, बुधबार १७:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ