युक्रेनमा भएको गोलाबारीमा परी रुसी पत्रकारको मृत्यु


रुसी सैनिकले युक्रेनको किएभमा गरेको गोलाबारीमा रुसी पत्रकार ओक्साना बाउलिनाको मृत्यु भएको छ ।

युक्रेनको राजधानी किएभको पश्चिमी सहरमा रुसी सेनाले गरेको गोलाबारीमा परी उनको मृत्यु भएको सञ्चारमाध्यमले जनाएका छन् । गाेलाबारी जारी रहँदै क्षतिग्रस्त सहरकाे दृश्य कैद गर्दै गर्दा उनकाे मृत्यु भएकाे हाे ।

ओक्साना यसअघि रुसी सरकारको प्रतिपक्ष तथा पुटिनका कट्टर आलोचक एलेक्सी नाभाल्नीको भष्टाचारविरोधी प्रतिष्ठानमा कार्यरत थिइन् र उनले रसिया छोडेकी थिइन् ।

गएको वर्ष यो प्रतिष्ठानलाई रुस सरकारले अवैधानिक घोषणा गरी सबै क्रियाकलापको लागि प्रतिबन्ध लगाएको थियो र यहाँ काम गर्ने धेरै कर्मचारीहरु सरकारी कारबाहीमा पर्ने डरले विदेशिएका थिए ।

उनीसँगै एक अर्काे व्यक्तिको पनि मृत्यु भएको र २ जना घाइते भएको जनाइएको छ ।

ओक्सानाले योभन्दा अगाडि किएभ सहरका धेरै समाचारहरु ‘द इनसाइडर’लाई पठाएकी थिइन् । पक्लिकेशन र धेरै पत्रकारहरुले उनको मृत्यु दुखद् भएको बताएका छन् ।

प्रकाशित : २०७८ चैत्र १०, बिहीबार १५:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ