एनआरएनए अध्यक्षमा तीन जना चयन, अन्य पदमा को को ? हेर्नुस् डिटल


काठमाडौ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को काठमाडौंमा सम्पन्न १० औं विश्वसम्मेलन तथा महाधिवेशनले कुल आचार्य, रविना थापा र डा. बद्री केसीको अध्यक्षतामा सर्वसम्मतले नयाँ कार्यसमिति चयन गरेको छ।

करिब ६ महिनादेखि चल्दै आएको विवादका कारण दशौं महाधिवेशन तथा निर्वाचन गर्न नसकिरहेको एनआरएनएले अन्ततः सहमति जुटाएर एकताको महाधिवेशन आइतबार सम्पन्न भएको हो । तीन अध्यक्षको व्यवस्था र केहि पद थप गर्दै विधान संशोधन गरेर संघले नयाँ कार्यसमिति चयन गरेको हो ।

अर्को पटकलाई नजिर नबस्ने गरी बाकी रहेको १८ महिने कार्यकालमा पहिलो अध्यक्षता तीन वटै अध्यक्षले गर्ने, त्यसपछिको ६ महिना आचार्य, ६ महिना थापा र समापनको अन्तिम ६ महिना डा केसीले अध्यक्षता गर्ने व्यवस्था गरिएको छ । अध्यक्षमा निर्वाचित तिनै जनालाई निवर्तमान अध्यक्ष कुमार पन्तले समापन समारोहमै पद तथा गोपनीयताको सपथ खुवाएका थिए ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा डा हेमराज शर्मा, महेश श्रेष्ठ, भुषण घिमिरे, डिबी क्षेत्री, धर्मराज अधिकारी, दुर्गा आचार्य, गोविन्द श्रेष्ठ, जयप्रकाश गुरुङ, नारायण आचार्य, नरेन्द्र भाट र आरके शर्मा, यस्तै महिला उपाध्यक्षमा डा विष्णुमाया परियार र याश्मिन वेगम तथा युवा उपाध्यक्षमा राज रेग्मी, रोशन थापा र हिमाल गुरुङ चयन भएका छन् ।

यस्तै महासचिवमा गौरीराज जोशी र डा केशव पौडेल, उपमहासचिवमा गणेश केसी, डा देवी बस्नेत, नारायण काफ्ले, ओम गुरुङ, रामशरण सिंखडा र विनय अधिकारी, सचिवमा चिरञ्जिीवि घिमिरे, गंगाधर गौतम, खगेन्द्र न्यौपाने, प्रविण गुरुङ, शंकर खडका, अभिमानसिंह बस्नेत, प्रमोद सिटौला, गोविन्द गौतम, होम पाण्डे र राजन त्रिपाठी तथा महिला सचिवमा डा अलिलि पोखरेल र टिका गुरुङ चयन भएका छन् ।

कोषाध्यक्षमा सुनिल शाह, लोक दाहाल र फणिन्द्रमणि पोखरेल सहकोषाध्यक्षमा दिपक शर्मा, होम गौतम, कृष्ण तिमिल्सिना, लाल केसी र मिलन छन्त्याल, नारायण सुवेदी, टंक गैरे र यज्ञ सुवेदी चयन भए । यस्तै महिला सहकोषाध्यक्षमा अमृता थापा, यमुना भट्टराई र योगिता थापा चयन भएका छन् ।

यस्तै युवा संयोजकमा अब्दुल वासीद र रविन्द्र खडका तथा महिला संयोजकमा विमला सापकोटा र संगिता मरहठठा चयन भए । प्रवक्तामा सोम सापकोटा र शिव बडुवाल चयन भएका छन । संसोधित विधान अनुसार अध्यक्ष ३, उपाध्यक्ष ११,महासचिव २,उप महासचिव ६, सचिव १० जना हुने व्यवस्था गरिएको छ ।

त्यस्तै कोषाध्यक्ष ३, सह-कोषाध्यक्ष ८, महिला सहकोषाध्यक्ष ३, प्रवक्ता २ जना हुने व्यवस्था गरिएको छ । संसोधित विधान अनुसार महिला संयोजक २, युवा संयोजक २, क्षेत्रीय संयोजक २, क्षेत्रीय उपसंयोजक युरोप क्षेत्र ७ र अन्य क्षेत्र ५ को व्यवस्था गरिएको छ ।

क्षेत्रीय महिला संयोजकको संख्या बढाएर ३ जना, क्षेत्रीय युवा संयोजक २, क्षेत्रीय महिला उप संयोजक २ र क्षेत्रीय युवा संयोजक २ जना हुने व्यवस्था गरिएको छ । संसोधित विधान अनुसार एनआरएनको पदाधिकारी संख्या नै ९५ जनाको हुनेछ ।

प्रकाशित : २०७८ चैत्र १४, सोमबार ०७:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ