यसरी वार्तामा बसेका छन् युक्रेन–रुस टोली, हेर्नुहोस् तस्बिरहरु


युक्रेन र रुसका वार्ता टोलीबीच टर्कीको राजधानी स्तानबुलमा भौतिक उपस्थितिमा वार्ता जारी छ ।

दुई हप्ताभन्दा लामो समयपछि दुई देशका वार्ता टोलीबीच भौतिक उपस्थितिमा वार्ता भइरहेको हो । यसअघिका वार्ता भिडियो कन्फ्रेन्समार्फत हुने गरेका थिए ।

रुसले गएको फेब्रुअरी २४ देखि युक्रेनमाथि आ- क्रमण गर्दै आएको छ । यु- द्ध रोकेर शान्ति स्थापनाका लागि वार्ता विभिन्न चरणमा भए पनि हालसम्म ठोस सहमति जुट्न सकेको छैन ।

मंगलबारको वार्ताबाट पनि ‘ब्रेक थ्रु’को अपेक्षा गरिएको छैन । तर यु- द्धग्रस्त शहरमा अत्यावश्यक सेवा बिना फसेकाहरुलाई उद्धार गर्नका लागि मानवीय सहायता मार्ग खुला गर्न सकिनेमा आशावादी रहेको युक्रेनले जनाएको छ ।

वार्ताको आतिथ्य गरेका टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानले यो वार्ताबाट शान्ति स्थापनाका लागि ठोस निष्कर्ष निकाल्नै पर्ने बताएका छन् । स्तानबुलमा वार्ता सुरु हुनुपूर्व उनले दुवै देशका टोलीलाई सम्बोधन गरेका हुन् ।

प्रकाशित : २०७८ चैत्र १५, मंगलवार १५:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ