साउदीमा अलपत्र नेपालीलाई NRNA को खाद्यान्न सहयोग


दोहा । गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदी अरबले दमाममा अलपत्र ८ नेपालीलाई खाद्यान्न सहयोग गरेको छ ।

विगत ६ महिना अघि काठमाडौँमा रहेको विसडम ह्युमन मेनपावरमार्फत हेभी ड्राइभरमा त्यहाँ पुगेका ८ नेपाली अलपत्र परेका हुन् ।

खानसमेत नपाएका नेपाली ड्राइभरहरुले नेपाली दूतावासका स्थानीय जनसम्पर्क अधिकारी नारायण पासवानलाई पासपोर्ट वितरण भेटेका थिए ।

नेपालीले जनसम्पर्क पासवानलाई आफूलाई रोजगारदाता कम्पनीले अलपत्र राखिएका नेपालीलाई खाद्यान्न सहयोग गरिएको एनआरएनएले जनाएको छ ।

उनीहरुलाई पठाउने मेनपावर कम्पनीबाट सोधभर्ना हुनेगरी तत्काल खाद्यान्न सामग्री उपलब्ध गराउन एनआरएनए साउदी अरबका अध्यक्ष डमरकुमार यादव, उपाध्यक्ष रबिना अर्याल गैर मध्यपूर्व सह संयोजक राजेन्द्र अर्याल र दूतावासका जनसम्पर्क अधिकारी पासवानसहितको संयुक्त टोलीले पीडितलाई भेटेर दुई हप्तासम्म पुग्ने खाद्यान्न सामाग्री उपलब्ध गराएको हो ।

एनआरएनएले पीडितलाई अलपत्र पर्ने विसडम ह्युमन मेनपावरलाई वैदेशिक रोजगार ऐन २०६४ अनुसार कारबाही गर्न र पिडितको स्वदेश फिर्ती , न्याय र क्षतिपूर्ति दिलाउनका लागि सरोकारवाला निकायसँग मागसमेत गरेको छ ।

प्रकाशित : २०७८ चैत्र १७, बिहीबार ०७:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ