श्रीलंकामा हाहाकार : जनताले राष्ट्रपतिको घर घेरे, सार्वजनिक यातायात ठप्प


स्वतन्त्रतापछि गम्भीर आर्थिक संकटको सामना गरिरहेको श्रीलंकामा बिहीबार राति भव्य बिरोध प्रदर्शन भएको छ । त्यस क्रममा झ( डप समेत भयो । बिरोध प्रदर्शनपछि राजधानी कोलम्बोमा प्रहरी उपस्थित बढाइएको छ ।

कोलम्बोमा रातिको समयमा ५ हजार भन्दा धेरै मानिस सडकमा उत्रिएका थिए । उनीहरुले राष्ट्रपति गोटाबाया राजपक्षेको घरतर्फ र्‍याली निकालेको बीबीसीले जनाएको छ । राष्ट्रपतिको घरमा चढ्ने प्रयासका बीच प्रदर्शनकारी र प्रहरीबीच झ( डप भएको थियो ।

झडपका क्रममा प्रहरीले ४५ जनालाई पक्राउ गरेको छ । एक जना गम्भीर घाइते भएको जनाइएको छ। राति लगाइएको कर्फ्यू विहान हटाइएको छ । तर शहरमा प्रहरी र सेनाको उपस्थिति बढाइएको छ । राष्ट्रपति गोटाबाया राजपक्षेको घर जाने बाटोको बीचमा एक जलेको बस देख्न सकिने बीबीसीले जनाएको छ।

ऋणको बोझमा दबिएको २।२ करोड जनसंख्या भएको श्रीलंकाले गम्भीर आर्थिक संकटको सामना गरिरहेको छ । खानेकुराको बढ्दो दाम र यसको कमीका कारण मानिसहरुको अवस्था बेहाल छ ।

कसरी बन्यो यस्तो अवस्था
श्रीलंकाको भयानक आर्थिक स्थितिका लागि कोरोना महामारीलाई जिम्मेवार मानिएको छ किनकी यसले उसको पर्यटन क्षेत्रमा नराम्रो असर पर्‍यो । तर अर्थशास्त्रीहरुले भने सरकारको गलत नीति र लगातारको कर्जा लिएका कारण यस्तो नराम्रो अवस्था उत्पन्न भएको छ ।

श्रीलंकाले मार्च २०२० मा आयातमाथि प्रतिबन्ध लगाएको थियो ताकी विदेशी मुद्रालाई बचाउन सकियोस् र यसको माध्यमबाट विदेशी कर्जा चुकाउनका लागि ५१ अरब डलर बचाउन सकियोस् । पछिल्लो दिनहरुमा श्रीलंकामा डीजेलका कमीका कारण पनि हाहाकार मचिएको छ ।

देशको कयौं शहरमा प्रदर्शन भएको छ तर यस क्रममा कुनै ठूलो नाताको विरुद्ध यस्तो भएको देखिएको छैन । बिहीबार देशका सबै पेट्रोल पम्पमा डिजेल उपलब्ध थिएन भने देशको सरकारी बिजुली कम्पनीले बिहीबार १३ घण्टा बिजुली काटिएको जनाएको थियो ।

जेनेरेटरका लागि डिजेल नभएपछि यस्तो अवस्था आएको उसको भनाइ छ । तेलको कमीले गर्दा सार्वजनिक यातायात ठप्प भएको छ । ग्यार्जमा थन्किएका बसबाट तेल निकालेर अन्यमा राखेर चलाइने परिवहन मन्त्री दिलम अमुनुगमले भनेका छन् ।

प्रकाशित : २०७८ चैत्र १८, शुक्रबार १२:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ