Sad News- विवाहको गाडी दुर्घटना : ९ जनाको मृत्यु, चार जना घाइते


श्रीनगर । कश्मीरको भारत नियन्त्रित क्षेत्रमा विवाहका सहभागीहरूलाई बोकेर गुडिरहेको गाडी दुर्घटनामा परी कम्तीमा नौ जनाको मृत्यु भएको र अन्य चार जना गम्भीर घाइते भएका प्रहरीले शुक्रबार जनाएको छ ।

भारत नियन्त्रित कश्मीरको ग्रीष्मकालीन राजधानी श्रीनगर शहरबाट करीब १४७ किलोमिटर दक्षिणपश्चिममा पुन्च जिल्लाको बाफियाज क्षेत्रमा गाडी अनियन्त्रित भइ गहिरो खोल्सामा खसेको र उक्त घटनामा वैवाहिक कार्यक्रम गएका व्यक्तिहरूको निधन भएको हो ।

हिजो साँझ विवाह भोजमा सहभागी मानिसहरूलाई गाडीको सीट क्षमताभन्दा बढी लिएर गुडिरहेको समय उक्त सवारी साधन पहाडी बाटोबाट करिब ३०० फिट गहिरो खोल्सामा खसेको थियो । एक प्रहरी अधिकृतका अनुसार छ जना घटनास्थलमा र अन्य तीन जनाको अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

दुर्घटनामा चालकसहित अन्य चार जना गम्भीर घाइते भएका र उनीहरूको अस्पतालमा भर्ना गरी उपचार भइराखेको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार घुमाउरो बाटो काट्दै गर्दा चालकले गाडीमाथि नियन्त्रण गुमाएको बताइएको छ ।

नौ जना यात्रुको क्षमता भएको उक्त गाडीमा १३ जनाले यात्रा गरिरहेको बुझिएको प्रहरी स्रोतले बताएको छ । भारतमा अक्सर क्षमताभन्दा बढी भार लिएर सवारी साधन सडकमा गुड्नु, सडकको खराब अवस्था र चालकको लापरवाहीका कारण दुर्घटना हुनेगर्छ ।

प्रकाशित : २०७८ चैत्र १८, शुक्रबार २०:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ