Sad News : अष्ट्रेलियामा नेपाली विद्यार्थीको मृत्यु


काठमाडौं । अष्ट्रेलियाको तस्मानियामा मोटरसाइकल सिक्ने क्रममा एक नेपाली विद्यार्थीको मृत्यु भएको छ ।

तास्मानियाको लन्चेस्टरमा मोटरसाइकलको लाइसेन्सको परीक्षाका लागि तयारी गर्ने क्रममा कारसँग ठोक्किएर दुर्घटना हुँदा ललितपुर गोदावरीका सशान्त सिग्देलको मृत्यु भएको हो ।

एनआरएनए तास्मानियाका संयोजक राकेश शाक्यले त्यहाँको प्रहरीले दिएको जानकारी अनुसार बुधबार दिउँसो २ बजेर ४० मिनेटमा दुर्घटना भएको बताए ।

सशान्त सन् २०१८ मा मेलवर्नको फेडेरेसन विश्वविद्यालयमा अकाउन्ट पढ्न गएका थिए । पिआरका लागि सशान्त मेलबर्नबाट सन् २०२० मा तास्मानिया बसाइ सरेका थिए ।

दुइ महिना अघि पनि मोटरसाइकल दुर्घटनामा सिड्नीमा एक नेपाली विद्यार्थीको निधन भएको थियो ।

प्रकाशित : २०७८ चैत्र १९, शनिबार ११:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ