शेहबाज बने पाकिस्तानको नयाँ प्रधानमन्त्री, हेर्नुस् डिटेल


इस्लामावाद । पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) का नेता शेहबाज शरिफ पाकिस्तानको नयाँ प्रधामन्त्री बनेका छन् ।

पाकिस्तान तेहरीक–ई–इन्साफले राष्ट्रिय सभा बहिष्कार गरेपछि शेहबाज निर्विरोध प्रधानमन्त्री बनेका हुन् । शेहबाजको पक्षमा १७४ सांसदले मतदान गरे ।

निवर्तमान प्रधानमन्त्री इमरान खान अविश्वासको मतबाट पदच्युत भएपछि शेहबाज पाकिस्तानको ३१औँ प्रधानमन्त्री बनेका छन् । पाकिस्तानमा अहिलेसम्म कुनै पनि प्रधानमन्त्रीले पाँच वर्षे कार्यकाल पूरा गरेका छैनन् ।

सत्तरी वर्षीय शेहबाज तीनपटक पाकिस्तानका प्रधानमन्त्री बनेका नवाज शरिफका भाइ हुन् । उनी पाकिस्तान पञ्जाबका तीन पटक मुख्यमन्त्री भइसकेका छन् ।

सन् १९९७, २००८ र २०१३ मा गरी शेहबाज पञ्जाबमा सबैभन्दा लामो समय मुख्यमन्त्री बनेका थिए । सम्पन्न शरिफ कुलका शेहबाज उनको ‘क्यान–डु’ प्रशासनिक शैलीबाट चिरपरिचित छन् ।

प्रकाशित : २०७८ चैत्र २८, सोमबार १८:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ