दिल्लीमा फेरी बढ्यो कोरोना: मास्क अनिवार्य, नलगाए ५०० जरिवाना


एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा फेरि मास्क अनिवार्य गरिएको छ । कोभिड संक्रमित बढ्न थालेपछि मास्क अनिवार्य गरिएको हो ।

मास्क नलगाउनेलाई ५०० भारु जरिवाना गरिने दिल्ली विपद् व्यवस्थापन प्राधिकरण (डिडिएमए) ले जनाएको छ । तर, स्कुलहरू बन्द गर्ने र सामाजिक जमघटमा भने प्रतिबन्ध लगाइएको छैन ।

बुधबार भारतमा ६३२ जना नयाँ संक्रमित देखिएका थिए । कूल संक्रमितमध्ये ५०१ जना नयाँ दिल्लीका छन् । संक्रमण दर ४ दशमलव ४२ प्रतिशत रहेको थियो ।

मंगलबार दिल्लीमा दैनिक संक्रमितको संख्या २६ प्रतिशतले बढेको थियो । कोरोना महामारी सुरु भएदेखि अहिलेसम्म भारतमा ५ लाख २२ हजार जनाको मृत्यु भएको छ ।

भारतमा अहिलेसम्म कुल ४ करोड २५ लाख १३ हजार २४८ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित : २०७९ बैशाख ८, बिहीबार ०८:१६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ