२०२३ को अक्टोबरमा विश्व सम्मेलन गर्ने एनआरएनएको निर्णय


काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ११ औं विश्व सम्मेलन २०२३ को अक्टोबर ११ मा गर्ने निर्णय भएको छ । एनआरएनएको गएराति सम्पन्न पहिलो पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।

कुल आचार्यको अध्यक्षतामा बसेको बैठकमा अध्यक्षद्वय रविना थापा, डा बद्री केसीसहित १३४ जना पदाधिकारी मध्ये १०२ जना पदाधिकारीहरूको उपस्थिति थियो । भर्चुअल बैठकमा ८० जना पदाधिकारीहरुले आआफ्नो भनाइ राखेको एनआरएनएले जनाएको छ ।

बैठकले युके, अमेरिका, जापान र युएई समन्वय राष्ट्रिय समन्वय समितिमा रहेको समस्या समाधान ३० अप्रीलभित्र गर्नको लागि क्षेत्रीय संयोजकहरूलाई आग्रह गरेको छ ।

यस्तै बैठकले नेपालमा हुने ९ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा गैरआवासीय नेपाली संघको तर्फबाट सहभागी गराउनको लागि युवा उपाध्यक्षहरूको समन्वयमा सबै पक्षलाई सहभागी गराउनको गर्ने निर्णय भएको अध्यक्ष आचार्यले जानकारी दिए ।

यस्तै बैठकले पन्जिकृत सदस्यहरुको शुल्क तिर्न बाँकी राष्ट्रिय समन्वय समिति अमेरिका, जापान, युएई, यूके र यस्तै उम्मेदवारी शुल्क बुझाउन बाँकी पदाधिकारीहरूलाई समेत आगामी आइसीसी बैठक अगावै शुल्क बुझाउन आग्रह गरेको छ ।

तोकिएको समयभित्र शुल्क नतिरेमा विधान अनुरुप टुंगो लगाउने बैठकले निर्णय गरेको छ । बैठकले विधान अनुरुप गठन हुने क्षेत्रीय समिति संचालन गर्नको लागि क्षेत्रीय संयोजकहरूसँग समन्वय गरि निर्देशिका तयार गर्न संघका उपाध्यक्ष डा हेम राज शर्माको संयोजकत्वमा गठित समितिलाई जिम्मेवारी प्रदान गरेको छ ।

बैठकले स्मार्ट एनआरएन कमिटीको संयोजकको जिम्मेवारी महासचिव डा केशव पौडेललाई दिने निर्णय गरेको छ । बैठकले संघको आगामी आइसीसी बैठकमा उपाध्यक्षको कार्यविभाजन, आइसीसी सदस्य मनोनयन, सल्लाहकार समिति, संरक्षक परिषद गठन लगायतको विषयमा अगामी आइसीसी बैठकमा एजेण्डाको रुपमा पेश गर्ने सुझाव दिएको छ ।

प्रकाशित : २०७९ बैशाख ११, आईतवार ०८:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ