धनुषाको लक्ष्मीनिया गाउँपालिकामा जनमत पार्टीको अग्रता


जनकपुरधाम । धनुषाको लक्ष्मीनिया गाउँपालिकामा मतगणना सुरु भएको छ ।

सुरुवाती मतगणनामा पालिका अध्यक्ष र उपाध्यक्षमा डा.सिके राउत नेतृत्वको जनमत पार्टीका उम्मेदवारले अग्रता लिएका छन् ।

जनमत पार्टीका अध्यक्ष उम्मेदवारले १६१ र उपाध्यक्ष उम्मेदवार १२३ मत ल्याउँदा प्रतिस्पर्धी जसपाका अध्यक्ष र उपाध्यक्ष उम्मेदवारले क्रमश: १०४ र १०२ मत ल्याएका छन् ।

सुरुवाती चरणमा यो पालिकामा एमाले तेस्रो स्थानमा छ । एमालेका अध्यक्ष र उपाध्यक्ष उम्मेदवारले क्रमश: ९१ र ८६ मत ल्याएका छन् ।

प्रकाशित : २०७९ बैशाख ३१, शनिबार ११:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ