यस्तो छ वीरगञ्जको ताजा अपडेट, निवर्तमान मेयर सरावगीको बिजोग !


वीरगञ्ज । वीरगञ्ज महानगरपालिका ४ वटा वडाको हालसम्मको मत परिणामअनुसार जसपा १ हजार ३ सय ६६ मतले अगाडी छ ।

पाँच दलीय गठबन्धनबाट मेयरका साझा उम्मेदवार राजेशमान सिंहले २ हजार २ सय ८२ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार बिजय कुमार सरावगीले ९ सय १६ मत ल्याएका छन् ।

सिंहले वडा नम्बर १, २, ३१ र ३२ मा क्रमश ३ सय ५२, ५ सय ६३, ७ सय ५७ र ७ सय १० मत ल्याएका छन् ।

एमाले र लोसपाको गठबन्धनका उम्मेदवार सरावगीले वडा नम्बर १ मा १ सय ७१, २ मा १ सय ५०, ३१ म २ सय ३८ र ३२ मा ३ सय ५७ मत प्राप्त गरेका छन् ।

प्रकाशित : २०७९ जेष्ठ १, आईतवार १३:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ