कंचनरुप नगरपालिकाको मेयरमा जनमत पार्टीका इन्द्रदेवको अग्रता


टुडेखोज, लहान । सप्तरीको कंचनरूप नगरपालिका मेयरका उम्मेदवार जनमत पार्टीका इन्द्रदेव कौडगीयाले अग्रता लिएका छन् ।

पछिल्लो मतगनणा अनुसार कौडगीयाले ८५७ ल्याएर अग्रता कायम राखेका हुन् । उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका ललनकुमार गुप्ताले ८३५ मत ल्याएका छन् ।

मधेसका अधिकांश पालिकामा जनमत पार्टीले खडा गरेको उम्मेदवारमध्ये कौडगीया विजयी हुने सम्भावना देखिन्छ ।

प्रकाशित : २०७९ जेष्ठ १, आईतवार १५:३७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ