कांग्रेस नेता निधीको वडामा लोसपा र एमाले नेता महासेठको वडामा माओवादी विजयी


जनकपुरधाम । नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधीको वडामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नेकपा एमालेका नेता रघुविर महासेठको वडामा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।

निधिको घर रहेको धनुषाको नगराइन नगरपालिका २ मा लोसपाका उम्मेदवार बुलन यादव वडाध्यक्षमा विजयी भएका हुन् । उनले ८ भोटको मतान्तरले काँग्रेसका देवनारयाण यादवलाई पराजित गरेका हुन् । उनी निवर्तमान वडाध्यक्ष थिए ।

पटक पटक मन्त्री र पार्टीका उपसभापति समेत भइसकेका निधिले आफ्नै वडा बचाउन सकेनन् । उनी सोही वडामा मतदान गरेका थिए ।

यता एमालेका सचिव रघुवीर महासेठको वडामा नेकपा माओवादी केन्द्रले झण्डा फहराएको छ । उनको घर रहेको धनुषाको मिथिला बिहारी नगरपालिका ३ मा माओवादीका कृष्णकुमार मण्डल विजयी भएका हुन् ।

एमालेका अमर महासेठ ५२ भोटको मतान्तरले पराजित भएका हुन् । वडाध्यक्ष समेत जिताउन असफल बनेपछि महासेठको पनि पार्टीमा आलोचना सुरु भएको छ ।

प्रकाशित : २०७९ जेष्ठ ४, बुधबार ०७:५३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ